२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ५ वर्ष अगाडि

विराटनगर:  विराटनगरमा एकै दिन  थप ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा म‌ंगलबार २१ महिला र २९  पुरुष गरी कुल ५० जनामा संक्रमण पुष्टि गरेको हो ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४३ पुगेको छ । संक्रमित मध्ये ६९ जना उपचारपछि डिस्चार्ज भएका छन् । चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रदेशमा संक्रमण पुष्टि भएको यो संख्या अहिले सम्मकै उच्च हो । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५० सहित मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमित थपिएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु