२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौँ : काठमाडौं उपत्यकाका तीन ओटै  जिल्ला प्रशासन कार्यालय अत्यावश्यकबाहेकका सबै सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

आज उपत्यकाका तीन ओटै  जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको हो  ।

बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही समेत  गर्ने निर्णय गरेको छ साथै  सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु