काठमाडौं : नेपाली बजारमा सुनको भाउले नयाँ कृतिमानी कायम गरेको छ । सुनको मुल्य अहिले सम्मकै उच्च १ लाख १ हजार ४०० पुगेको छ ।
पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला सुनले नयाँ मूल्य १ लाख १ हजार ४०० कायम गर्दै नयाँ राखेको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बृधि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ । महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ ।
यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।