२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक तुइन बिस्थापित भैसकेको जनाए पनि तुइन चुडिएर महिनामै २ जनाको मृत्यु भएको छ ।

केहि  समय अगाडी मात्रै हेटौंडामा  तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको  थियो  भने फेरी लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् ।

बेपत्ता हुने  दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ रहेको छ  । उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिएको छ। ‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भए पनि हालसम्म फेला पार्न  नसकिएको डीएसपी थापाले जानकारी दिएको छ  ।

स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब पाँच सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए । फूलमायासँगै तुइनमा चढेका १७ वर्षीय विकास घले भने चुडिएको डोरी समातेर जोगिएका छन् । उनीहरु जनैपूर्णिमाको दिन जलकन्यादेवी मन्दिरमा पूजा गर्न जाँदै थिए ।

सरकारले दुई वर्षभित्र देशभरबाट तुइन बिस्थापित गर्ने घोषणा गरे पनि अझैसम्म विस्थापित भएको छैन । तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा मानवीय क्षति भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

यो पनि पड्नुहोस

फेसबुक प्रतिक्रियाहरु