२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौँ: पछिल्लो २४ घन्टामा  मुलुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  थप २२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र  शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ २४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.८ प्रतिशत संक्रमित निको भएको छ ।

२४ घन्टामा १० हजार ७६८ र हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएका छन् ।

नयाँ संक्रमितको जिल्लागत विवरण

फेसबुक प्रतिक्रियाहरु