अफगानिस्तान: अफगानिस्तानको लोगर प्रान्तमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ।
मुस्लिमहरुको महान चाड ईद अघिल्लो दिन तालिबानले घोषणा गरेको युद्धविरामको पूर्वसन्ध्यामा यो घटना भएको हो। घटनाको अहिले सम्म कसैले जिम्मेवारी लिएको छैन |तालिवानले आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ भने इस्लामिक स्टेटले अझै कुनै टिप्पणी गरेको छैन।
आक्रमण भने एक आत्मघाती बमवर्षकले गरेको हो भन्ने विश्वास गरिएको छ। विस्फोट गभर्नरको कार्यालय नजिक भएको थियो र जहाँ धेरै मानिसहरूले चाडको लागि किनमेल गरिरहेका थिए। तालिवान र अफगानिस्तान सरकार बिच ईदको पहिलो दिन शुक्रवारदेखि तीन दिन सम्म युद्धविरामको सहमति भएको थियो ।