२०८१ कार्तिक ३०, शुक्रबार
  • Namaste Khabar ४ वर्ष अगाडि

इटहरी : इन्जिनियरमा कारोना देखिएपछि इटहरी उपमहानगरपालिकाले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।कोरोना रोकथाम तथा व्यवस्थापन उच्चस्तरीय समितिको बिहीबार बिहान बसेको बैठकले उपमहानगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले इटहरीको हाटबजार बन्द गर्ने र मुख्य बजार क्षेत्रका पसल निश्चित समयका लागि खुल्ला गर्ने निर्णय गरेको मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।  कुनै कन्ट्याक्ट हिस्ट्र नभएका ती कर्मचारीमा कोरोना देखिएपछि समुदायमा पुगेको अनुमान गरिएको छ । पालिकामा कार्यरत १० कर्मचारीको दुई दिनअघि स्वाब संकलन गरिएकोमा एकजना कर्मचारीमा कोरोना देखिएको हो ।

नियमित कार्यालय आउने र बैठकमा समेत सहभागी भएका उनमा कोरोना पोजिटिभ देखिएसँगै उपमहानगरपालिका कार्यालयमा डिस्इन्फेक्टिङ गरिएको छ । संक्रमितको कन्ट्याकमा रहेका व्यक्तिलाई पहिलो प्राथमिकमा पीसीआर परीक्षण गर्ने र बाँकी सम्भावित जोखिमपूर्ण क्षेत्रमा र्यान्डम टेस्ट गर्ने तयारी गरिएको छ ।

कोरोना पोजिटिभ केश देखिन थालेपनि प्रशासनले भने कडिकडाउन नगर्ने जानकारी दिएको छ । कडाइ गर्दा जनजीवन अस्तव्यवस्त हुने भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले सजग ने बनाउनुपर्नेमा जोड दिए ।

सुनसरीको धरान, इनरुवा र मोरंगको विराटनगर महानगरपालिकाले समुदाय स्तरमै कोरोना संक्रमित भेटिएपछि आंशिक लकडाउन गर्न थालेका छन् । ती सबै सहरको बीचमा रहेको इटहरीमा कोरोना संक्रमणको जोखिम उच्च छ ।

अन्नपुर्ण पोष्ट

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना