काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर काठमान्डौ उपत्यका बन्दै गैरहेको छ | पछिल्लो समय मात्र काठमान्डौको विभिन्न स्थानमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।
मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।