काठमाडौं: नेकपा स्थायी समिति बैठकमा पार्टी उपाध्यक्ष बाम देब गौतमले नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।
प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो । ओलीकै बोलीमा यो प्रस्ताब आउनुलाई गौतमले प्रचण्ड र माधब नेपालको साथ् छाडेको प्रस्ट संकेट देखिएको छ |
नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।