२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

टोकियो: टोकियोकामा पछिल्लो २४ घन्टामा थप २३९ जनामा  कोरोना भाइरसको संक्रमण  भएको टोकियो महानगरपालिका सरकारी अधिकारीहरूले बताएको छ ।

टोकियोमा ६ दिनदेखि  लगातार २०० भन्दा माथि कोरोना भाइरस (कोभिड १९) को आंकडा रेकर्ड गरिएको  छ । संकटकालको अन्त्य संगै टोकियोमा  कोरोना भाइरसको संक्रमण पनि बढ्दै गैरहेको छ । 

अहिलेसम  जापानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० हजार ४ सय १५ पुगेको छ भने ७ हजार ८ सय ५१ एक्टिभ केसहरु रहेको छ | यससंगै  २१ हजार ५ सय ६७ जनाले  कोरोना भाइरस जितेका छन् । 

फेसबुक प्रतिक्रियाहरु