२०८१ पुस ११, बिहिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ४८१ नमुना परीक्षणमा  १४७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्य एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २४, पर्साका १७, मोरङका ८, सप्तरी र डोटीका ७/७ जना, काठमाडौं र सुर्खेतका ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्वत र रुपन्देहीका ३/३ जना, धनकुटा, सुनसरी, सिराहा, भक्तपुर, ललितपुर, कास्की, डडेलधुरा र कैलालीका २/२ जना तथा झापा, महोत्तरी, स्याङ्जा, नवलपरासी, सल्यान र बझाङका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । उनीहरुमध्ये ४३ जनाको मृत्यु भएको छ भने १२ हजार ८४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न अस्पताल तथा आइसोलेसेन सेन्टरबाट १५६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।