२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

टोकियो: जापानमा पछिल्लो २४ घन्टामा बिहिबार थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

टोकियोका गभर्नर कोइके यूरिकोले बिहिबार ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  जनाएको हो । टोकियोमा लगातार १०० भन्दा माथि कोरोना संक्रमित थपिदै गएको छ । यो संख्या केहि दिन एताकै उच्च हो ।

कोइकेले टोकियोका बासिन्दाहरूलाई बिहीबारदेखि सुरु भएको चार दिनको लामो बिदामा सकेसम्म धेरै बाहिर नजान आग्रह गरेकी छिन। साथै उहाले पहिले आफ्नो सुरक्षा आफै गर्न र अरुको पनि सुरक्षा गरि कोरोना भाइरस नियंत्रण गर्न सहयोग गर्न आग्रह गरेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु