२०८१ फाल्गुन १५, बिहिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

हेटौंडा: प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक तुइन बिस्थापित भैसकेको जनाए पनि हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

ओलीले प्रधानमन्त्रि पदमा सफद खान साथ टुइन बिस्थापित गर्ने बताएको थियो तर ओली दुइ पाठक प्रधानमत्री भैसक्दा पनि समस्या जहाको तेही रहेको छ । सर्बसाधारण जनता बिना कारणनै ज्यान गुमाउन बाध्य भैरहेको छ ।

रापती र सामरी खोला दोभानमा रहेको खोला  तर्ने क्रममा  तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो । हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चिप्लिएर खसेका थिए ।

खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको र  चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु