२०८१ फाल्गुन १७, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी ओली बिनै  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।

बैठकले  बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई अस्थायी अवास र अभिभावक गुमाएका बालकालिकालाई संरक्षण गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

साथै नेकपा बैठकले ध्वस्त भएका सडक पुल जस्ता संरचना पुनर्निर्माणमा समेत  जोड दिएको छ । बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।

फेसबुक प्रतिक्रियाहरु