काठमाडौँ — आ–आफ्ना अडानमा रहेका नेकपाका दुवै पक्ष सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा सहमतिबाटै निकास निकाल्ने गरी छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएको छ ।
‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ । छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।
सचिवालयको बैठकपछि आइतबार ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले बताए ।