२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन अन्तर्गत आज दिएको जानकारी अनुसार  देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा  कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । जसमध्य  ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् । यस्तैगरी पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको पनि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु