२०८१ पुस ११, बिहिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

मस्को — रुसले कोरोना भाइरस(कोभिड-१९)विरुद्धको खोपको परीक्षण सफल भएको दाबी गरेको छ । रुसको सेचनोव विश्वविद्यालयले कोभिड-१९ विरुद्धको खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको हो ।

रुसी समाचार संस्था ताससँग कुरा गर्दै प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकले परीक्षणमा खोप प्रभावकारी देखिएको दाबी गरेकी छिन् ।

उनले ताससँगको कुराकानीमा भनेकी छिन्, ‘सोध पूरा भएको छ र यसबाट खोप पूर्ण रुपमा सुरक्षित रहेको पनि प्रमाणित भएको छ ।’ उनका अनुसार खोप परीक्षण गरिएका स्वयंसेवकहरुलाई १५ जुलाईदेखि २० जुलाईसम्ममा डिस्चार्ज गरिनेछ । इलिना सेचनोव विश्वविद्यालयको सेन्टर फर क्लिनिकल रिसर्च अन मेडिकेसन्सकी प्रमुख हुन् ।

विश्वविद्यालयबाट डिस्चार्ज गरिए पनि स्वयंसेवकहरु आफूहरुको निगरानीमा रहने उनले बताइन् । विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई कोभिड-१९ विरुद्धको खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो । विश्वविद्यालयले खोपको सफल परीक्षण भएको दाबी गरेसँगै भारतस्थित रुसी दूतावासले ट्वीटमार्फत कोभिड-१९ विरुद्ध विश्वकै पहिलो खोपको सफल परीक्षण भएको उल्लेख गरेको छ ।

कोरोना संक्रमणका हिसाबले रुस विश्वमै चौथो स्थानमा छ । आइतबार साँझसम्म रुसमा संक्रमितको संख्या ७ लाख २६ हजारभन्दा बढी पुगेको छ । रुसमा कोरोनाबाट ११ हजार ३ सय १८ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ५ लाख निको भएका छन् ।

यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र केही अमेरिकी कम्पनीले पनि कोभिड-१९ विरुद्धको खोपको परीक्षण सुरु गरिसकेका कान्तिपुर दैनिकले समचार छापेका छन् ।

अहिले विश्वभरका अनुसन्धानकर्ता कोभिड–१९ को खोपको आविष्कारमा जुटेका छन् । अहिलेसम्म विभिन्न मुलुकमा गरी १४५ भन्दा धेरै प्रकारका खोपको परीक्षण भइरहेको दाबी गरिएको छ । साधारणतया खोप निर्माणको प्रक्रिया १० देखि २० वर्षभन्दा लामो हुने गरे पनि कोभिड–१९ को सुरक्षित तथा उपयोगी खोप एक वर्षभित्रै निर्माण गर्ने भन्दै वैज्ञानिकहरू दिनरात काम गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।