२०८१ फाल्गुन १९, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।  नेपाल भित्र  एमसीसी बारे विवाद भइरहेको बेला जसपाले आफ्नो सुझावसहित धारणा सार्वजनिक गरेको हो ।

एमसीसीको बारेमा पक्ष र विपक्षमा बहस चलिरहेको बेला जसपा (तत्कालिन राजपा र समाजवादी पार्टी) मौन रहँदै आएको थियो । पार्टी एकीकरण भएपछि जसपा नेपालले आफ्नो प्रवास सङ्गठनमार्फत यधारणा सार्वजनिक गर्दै यथास्थितिमा एमसीसी पास गराउन नहुने सुझाव सरकारलाई दिएको छ ।

एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै प्रवास संगठनले सरकारलाई एमसीसी सम्झौता बारेमा पाँच सुझाव दिएको छ । जसपा नेपालको विभिन्न २१ वटा देशमा रहेको पार्टी संगठनको यो प्रवास संगठन हो । यो संगठनले एमसीसीका बारेमा अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु