२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

बलिउड अभिनेता अमिता बच्चन पछी  छाेरा अभिनेता अभिषेक बच्चनमा पनि काेराेना भाइरस पुष्टि भएकाे छ ।

शनिबार साँझ काेराेना परीक्षण गर्दा अमिताभलाई काेराेना देखिएपछि अभिषेककाे पनि काेराेना परीक्षण गर्दा उनमा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

अभिषेकले ट्वीट मार्फत आफूलाई काेराेना देखिएपछि अस्पताल भर्ना भएकाे लेखेका छन् ।

अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् । आफूहरुले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको परीक्षण भइरहेको पनि उनले बताएका छन् । उनले सबैलाई शान्त रहन आग्रह गर्दै नआत्तिन अपिल पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु