काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस -कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नेपालमा केहि दिन देखि कोरोना भाइरस संक्रमिताको संख्या घट्दै गैरहेको छ ।
यो संगै तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको कोरोना भाइरसको मृत्यु भएको हो ।