लम्जुङ: गत राती गएको पहिरोमा पुरिँदा लमजुङ सदरमुकाम बेसीशहरका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अन्य तीन जना सक्त घइते भएको छ ।
बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको परिवार पहिरोमा पुरिएका हुन्। राती ११ बजेको समयमा पहिरोले घर पुर्दा ३० वर्षीय दिपक तामाङ, उनको श्रीमती २५ वर्षीया विमाया तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको छ ।
दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घरदेखि करिब ५० मिटर माथिबाट पहिरो बग्दै गरेको थाहा पाएपछि घाइतेले हारगुहार गरेका थिए ।
प्रहरीकाअनुसार क्होलासोँथार गाउँपालिका–१ बगुममा गएको पहिरोमा परेर एकै परिवारका दुईजना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पहिरोले बेंसीसहर चामे सडकसँगै स्थानीय सडकहरु क्षतविक्षत बनाएको छ।