२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं: नेपालमा  बिहीबार  थप १०८ जनामा कोरोना भाइरसको संक्रमण भएको  पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राले दिएको जानकारी  अनुसार नेपालमा १०८ जनामा कोरोना भाइरसको संक्रमण भएको  पुष्टि भएको हो | यो संगै कोरोना भाइरसबाट  संक्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ |

यसैगरी बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् भने नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु