काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक हो ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको पनि भाउ तोलामै २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार पनि तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ ९ सय ५५ रुपैयाँ कायम भएको थियो ।