२०८१ माघ १०, बिहिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

टोकियो: वर्षाको कारण जापानको  दक्षिणपश्चिमको कुशु क्षेत्रमा गएको वाडी, पहिरो र डुबानमा परि कम्तिमा २७ जनाको मृत्यु भएको छ । 

डुबानबाट कुमामोटो प्रान्तका बासिन्दाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीय अधिकारीहरूले रिपोर्ट अनुसार  सोमबार सम्म २७ जना  मानिसहरुले ज्यान गुमाइसकेका  छन्  भने  ११ जना हराइरहेका बताइएको छ  ।

एनएचकेका अनुसार जापानको कुमामोतो र कागोशिमा प्रिफेक्चरमा केही ठाउँमा बाढीले ठूलो संख्यामा घरहरु बगाएको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार नर्सिङ होमका १४ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य १७ जनाको पनि मृत्यु भएको आशंका गरिएको एनएचकेले उल्लेख गरेको छ । बाढीपहिरोमा परि दर्जनौं बेपत्ता भएका छन् ।

दुई वटा प्रिफेक्चरका ७५ हजारभन्दा बढी व्यक्तिलाई उद्धार गर्नुपर्ने अवस्था रहेको जापानी अधिकारीहरुले चेतावनी दिएका छन् । भने क्युशु क्षेत्रमा  सोमबार र मंगलबार मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु