२०८१ फाल्गुन १९, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : सरकारले लक डाउन खुकुलो पारेसंगै  काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।  आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी  अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् । शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु