२०८१ पुस १०, बुधबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

टोकियो — केही दिनको भारी वर्षापछि आएको बाढीले जापानमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । जापानको दक्षिण पश्चिमी  क्षेत्रमा आएको बाढीले एउटा नर्सिङ होम नै बगाएको जापानी सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।

एनएचकेका अनुसार जापानको कुमामोतो र कागोशिमा प्रिफेक्चरमा केही ठाउँमा बाढीले ठूलो संख्यामा घरहरु बगाएको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार नर्सिङ होमका १४ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य १७ जनाको पनि मृत्यु भएको आशंका गरिएको एनएचकेले उल्लेख गरेको छ । बाढीपहिरोमा परि दर्जनौं बेपत्ता भएका छन् ।

दुई वटा प्रिफेक्चरका ७५ हजारभन्दा बढी व्यक्तिलाई उद्धार गर्नुपर्ने अवस्था रहेको जापानी अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री सिन्जो आबेले उद्धार र राहत कार्यमा जापान डिफेन्स फोर्सका करिब १० हजार सुरक्षाकर्मी खटिइसकेको बताएका छन् । कुमामोतोको कुमा नदीमा रहेको पुल बाढीले बगाएकाले उद्धारमा कठिनाइ भइरहेको छ । बाढी कारण करिब ८ हजार घरमा बत्ती नभएको पनि सञ्चारमाध्यमहरुले जनाएका छन्

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।