२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

जापानमा २ महिना पश्चात पहिलो पल्ट  कोरोना भाइरस संक्रमण हुनेको संख्या एकै दिनमा  १०० काटेको छ । यो संख्या हेर्दा संकटकाल खुलेपछि कोरोना भाइरस संक्रमितको संख्या  बढेको देखिन्छ ।

जापानमा आपतकालिन अवस्थाको  एक महिना  नयाँ केसको दर ५० भन्दा तल रहएको थियो । सरकारले दिएको जानकारी  अनुसार नया  फेला परेका ६२  जना जो पहिले नै संक्रमित भएको व्यक्तिहरुसंग सम्पर्कमा रहेको थियो  भने ४५ जना नया  संक्रमित कहा बाट आए भन्ने थाहा नभएको बताइएको छ | 

धेरै जसो युबा पुस्तामा संक्रमन देखिएको र तिनीहरु सिन्जुकु आसपासका क्षेत्रमा  रात्रि जिबनमा सहभागी भएको पाइएको छ । टोकियो सरकारको अनुसार  नया केसहरुमा भएको वृद्धिलाई आक्रामक परीक्षण मात्र गरेर सम्भब नहुने   नागरिक सचेत    हुनु पर्ने र रात्रीकालिन आवत जावतमा सचेत हुनु पर्ने बताउछन |

फेसबुक प्रतिक्रियाहरु