२०८१ फाल्गुन १९, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बालुवाटारबाट शीतल निवास गएका छन् ।

बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न सितल निबास पुगेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु