काठमान्डौ: ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्य एक छाड्नु पर्ने निर्णय नेकपाको जारी स्थायी कमिटी बैठकले गर्ने भएको छ ।
सचिवालयका ६ सदस्यसहित स्थायी समितिका ३० भन्दा बढी सदस्य सहभागी बैठकले ओलीविरुद्ध एकताबद्ध भएर अघि बढ्ने निर्णयमा गरेसँगै ओलीमाथि एक पद छाड्नु पर्ने थप दवाव बढेको छ ।
ओलीलाई प्रधानमन्त्री पदबाटै हटाउन सक्ने स्थायी कमिटिको हैसियत देखेपछी बिहीबार बिहान ओली केही लचक हुँदै पार्टीभित्रको सन्तुलन मिलाएर अघि बढ्न सहमत भएका छन् । दुबै पक्षलाई ‘विनविन’ को माहोल बनाउने गरी बिहीबार बि हान प्रचण्ड निवासमा बसेको बैठकले ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखेल भएको अभिव्यक्ति दिएसँगै पार्टीभित्र उठेको अन्तरविरोधले अहिले चरम रुप लिएको छ ।





