काठमान्डौ: आफुलाई प्रधानमन्त्री पदबाट भारत र पार्टी भित्रकै केहि नेताहरुले हटाउन लागेको अभिब्याक्ती पछी आलोचित बनेको प्रधानमन्त्री ओलीले आफु निकट मन्त्रीहरु तथा संसदहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन ।
अभिब्याक्ति पछी आफ्नै पार्टीका शीर्ष नेताहरुले ओलीको तिब्र आलोचना गरेका छन भने प्रधानमन्त्री पदबाट राजीनामा दिन माग समेत गरेका छन । राजिनामा मागपछि संकटमा परेका प्रधानमन्त्रीले आफूनिकट मन्त्री तथा सांसदलाई छलफलका लागि बालुवाटारमा बोलाएका हुन् ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत ओलीनिकट मन्त्री तथा सांसद भेला भएका छन्। साथै बैठकमा मध्यमार्गी विचार राख्ने पूर्वमाओवादीका केही सांसदलाई पनि बोलाइएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका असन्तुष्टि तथा सत्ता संघर्षका विषयमा छलफल गर्न तथा सल्लाह लिन आज बिहानै साढे ७ बजे आफूनिकट नेताको बैठक आह्वान गरेको नेकपाका एक नेताले जानकारी दिए ।





