२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: नागरिकता विधेयक खारेजीको  माग गर्दै  जनता समाजवादी पार्टी, नेपालले कोरोना भाइरसको महामारीको बीच सामाजिक दुरी कायम गर्दै आन्दोलन गर्ने  भएको छ ।

बिदेशी बुहारीलाई तत्काल नागरिकता दिनु पर्ने माग राख्दै आएको  जनता समाजबादी  पार्टी हालै सरकारले ल्याएको सात बर्षे वैवाहिक अंगिकृत नागरिकताको बिपक्षमा उभिदै आइ रहेको छ ।

जनता समाजबादिका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले आज एक पोस्ट फेसबुक मार्फत सेयर गर्दै सबैलाई नागरिकता विधेयकको बिरुद्ध आन्दोलनमा सहभागी हुन आब्हान गरेको हो  | साथै कार्यक्रममा सहभागी हुँदा COVID-19 सम्बन्धी सुरक्षा नियम ( मास्क, भौतिक दूरी आदि) अनिवार्य पालना गर्न समेत भट्टराइले अनुरोध  गरेको छ |

माइतीघर मण्डलामा हुने भनिएको उक्त बिरोध कार्यक्रमलाइ शीर्ष नेताहरु, अशोक राइ, बाबुराम भट्टराइ, राजेन्द्र महतो आदिले सम्बोधन गर्ने कार्यक्रम रहेको समाजबादी स्रोतले जनाएको छ |

 

 

सबैलाई चुलै निम्तो ![विशेष अनुरोध: कार्यक्रममा सहभागी हुँदा COVID-19 सम्बन्धी सुरक्षा नियम ( मास्क, भौतिक दूरी आदि) अनिवार्य पालना गरौं ]

Posted by Dr. Baburam Bhattarai on Monday, June 29, 2020

 

 

 

फेसबुक प्रतिक्रियाहरु