२०८१ माघ ९, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । लकडाउनले गर्दा  आफूहरु भोकभोकै बस्नु परेको भन्दै  प्रदर्शनमा उत्रिएका करिब ३ सय ट्याक्सी प्रहरीले  ठाउँठाउँमा नियन्त्रणमा लिएका  छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले भने लका डाउनको समयमा  सार्वजनिक सवारीसाधन चलाउन पाइँदैन, त्यसैले होल्ड गरिएको हो र साँझ ती ट्याक्सीहरुलाई छाडिने उनले बताएको छ  । ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए ।

लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका छन् । उनीहरु नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा छन् ।

फेसबुक प्रतिक्रियाहरु