२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

 काठमाडौं । रुकुम पश्चिममा जातीय छुवाछुतको सिकार भइ ज्यान गुमाएका  जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ ।

बिकलाई  २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कार अन्तर्गत समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ  ।

यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो । मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामा समेत पुरस्कृत हुनेको नाम टुङ्गो लगाएको छ । मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रियस्तरका पुरस्कार प्रदान गर्दै आएको छ ।

 

हेर्नुहोस् पुरस्कारसम्बन्धी पर्यटन मन्त्रालयको विज्ञप्ति

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।