२०८२ बैशाख १४, आइतवार
  • Namaste Khabar १३ असार २०७७, शनिबार

काठमान्डौ: पश्चिम वायु शुरु भएको कारणले सलह  कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान गरिएको छ |

नेपालमा पूर्वी वायुका कारण  सलह आउने सम्भावना एकदम न्युन रहेको प्रतिवेदन मन्त्रालयमा दिएको थियो । तर केही दिनदेखि पश्चिम वायु शुरु भएको कारणले यो कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान रहेको नार्कका वरिष्ठ वैज्ञानिक डा.सुनिल आर्यालले बताएका छन्  ।

‘पश्चिमी वायुका कारण यो छिरेको हो, तर भारतमा जुन प्रकृतिका कीरा देखिएको थियो, त्यो किरा यतिबेला नेपाल आउनु नपर्ने हो’, वैज्ञानिक आर्यालले भने, ‘भारतको अहमदावादमा देखिएको कीरा फर्किसकेको सूचना पाएका थियौं, तर यो कसरी नेपाल आयो त्यसको बारेमा अध्ययन भइरहेको छ।

समितिले पनि वर्षात शुरु भएको र पूर्वी वायु पनि शुरु भएको कारणले नेपाल छिर्ने सम्भावना एकदम न्युन रहेको अनुमान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु