२०८१ बैशाख १५, शनिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

डा. सिके राउतको जनमत पार्टी वर्ष दिन नपुग्दै फुटेको छ ।

राउत पछीको  दोस्रो बरियातमा रहेका एक केन्द्रीय नेतासहित ७ जना सदस्यले जनमत  पार्टी परित्याग गरेका छन् । पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित पत्रकार सम्मेलन गर्दै  दोस्रो बरियातमा रहेका कैलाश महतोसहित उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

डा. राउत संयोजक रहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धमा महतो सहसंयोजक थिए ।  ह प्रेस विज्ञप्ति मार्फत राजीनामा दिने अन्य केन्द्रीय सदस्यमा सतिला यादव (सिरहा), दिनेश प्रसाद यादव(बारा), सञ्जय कुमार साह(पर्सा), हकिकुल्लाह मुसलमान(कपिलवस्तु) र नवलपरासीका धु्रव प्रसाद कहाँर र राजमति पासवान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

केन्द्रीय सदस्यसँगै पश्चिम नवलपरासीमा गठन भएको जनमत पार्टीको जिल्ला समिति समेत विघटन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २३ सदस्यीय जिल्ला समितिमा २ सदस्यबाहेक सबैले पार्टी परित्याग गर्दै राजनीनामा दिएको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष श्री कृष्ण यादवसहित २१ जनाले संयुक्त विज्ञप्ति निकालेर राजीनामा दिएको पत्रकार सम्मेलनमा घोषणा गरेका हुन्।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने क्रममा विधानसमेत पढ्न नदिई कार्यकर्तालाई गुमराहामा राखेको, तत्कालका लागि चुनावमा नजाने आन्तरिक निर्णय भएपनि २०७६ मंसिर १४ गते भएको स्थानीय तहको उप निर्वाचनमा उम्मेदवारी दिएर लजास्पद हार व्यर्होनु परेको जस्ता असन्तुष्टि उल्लेख गरिएको छ ।  डा.राउतले लोकतान्त्रिक पद्धति विपरीत राजनीतिक चरित्र देखाउन खोजेकाले आफूहरुले पार्टी परित्याग गरेको आरोप लगाइएको छ।

पार्टी परित्यागपछि नयाँ दल र राजनीतिक मुद्दाबारेको जिज्ञासमा केन्द्रीय सदस्य महतोले त्यसबारे केही दिनमा सल्लाह गरेर टुंगोमा पुग्ने बताए । ‘हामी स्वतन्त्र मधेशको पक्षमा छैनौ । तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र फोरमबीच भएको सहमतिलाई कार्यान्वयन गराउने प्रमुख एजेन्डा हुन्छ ।’ उनले भने । स्वायत्व मधेस प्रदेश र पूर्ण समानुपातिक समावेशीकरण नै आफूहरुको प्रमुख मुद्दा हुने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु