२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर ड्याम कि ड्याम  मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताएका छन ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएको र विदेशीसँग विवाह गर्न पाइने, भारतसँग मात्रै होइन क्यानडा गएर गर्नु  पनि पाइने नेपालले नागरिकता पनि  दिने, अमेरिका गएर गरे  त्यो पनि नेपालले दिने । तर सरकार  धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा  नभएको बताउनु भएको हो  ।

 कांग्रेस सांसद जितेन्द्र नारायण देवलाई संकेत गर्दै उनले भने, ‘‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म बिहे गर्यो, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्री भयो यस्तो छैन दक्षिण एसियामै छैन् । उहाँ चाँही पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?’’

बैठकमा कांग्रेस सांसद देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै जनतालाई उनले भ्रममा पार्ने गरी झुठा र वेइमानी कुरा नगर्न आग्रह समेत गरेका छन् ।

सांसद देवतर्फ संकेत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाई को हो भन्दै प्रश्न गरे । उनले भने, ‘‘भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदि कुरा सदनमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाई कुन देशको झोले हो भन्यो के गर्ने ? तपाईले कतापट्टी बोल्नु भयो भने के भन्ने ?’’

भारतीय नागरिकलाई मात्रै लागु हुनेगरी सरकारले ऐन नबनाएको उनले प्रष्ट पारे ।  विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उनले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागु हुने कुरा नभएको बताए ।
विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षी दलहरुले गरेको विरोधको पनि उनले खण्डन गरेका छन् । विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या ? भन्दै उनले प्रश्न गरे ।

 

फेसबुक प्रतिक्रियाहरु