२०८१ फाल्गुन १५, बिहिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । जनता  समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा  युवाहरुको एक समूहले कालोझण्डा राखेको छ ।

युवाहरुले राखेको कालो झण्डा  प्रहरीले हटाएको  छ ।  कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ ।

गिरीले लिपुलेख र लिम्पियाधुरा भारतको रहेको अभिब्याक्ती दिएपछि यसको सर्बत्र आलोचना भैरहेको छ । सिमा बिबाद बारे समाजबादी पार्टीनै मौन रहेको र नेता बाबुराम भट्टराइले पनि भारतलाई चिडाउन नहुने अबिब्यक्ति दिए पछी पार्टीको तिब्र आलोचना भएको थियो । समाजबादी पार्टी संबिधान संसोधनको बिपक्षमा रहेको उपेन्द्र यादबको अबिब्याक्ति पछी पाटि झनै आलोचित बनेको थियो |

तिब्र आलोचना खेप्न नसकेपछि संबिधान संसोधनमा आफ्ना केहि सर्त सहितको माग राख्दै  संबिधान संसोधनमा समर्थन गर्ने जनाए पनि समाजबादी पार्टीकै संसद गिरीले भने स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्  । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न माग समेत गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु