अनिलहाङ राई
आज विश्व कोरोनाको कहर छ विश्वको शक्तिशाली राष्ट्रहरु कोरोनाले तहसनहस भएको कुरा सर्वविदितै छ ।त्यस्तै कोरोनाले आफ्नो सक्रमणको दायरा बढाइरहेसंगै पछिल्लो पटक नेपालमा ह्वात्तै कोरोना सक्रमितको संख्या बढेसंगै नेपालको अधिकांस जिल्ला कोरोनाले आफ्नो सक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थामा प्रदेश न.१ को १४ जिल्लामध्ये अहिलेसम्म तथ्यांकअनुसार कोरोना बिहिन जिल्ला ओखलढुंगा हो र यो खुशिको कुरा पनि हो तर मेरो बिचारमा यो खुशिको सिमा धेरै दिन नरहन पनि सक्ने आंकलन छ कारण र समस्याहरु केही बुंदाहरुमार्फत उल्लेख गर्नेछु ।
१. ओखलढुंगा जिल्ला सिद्दिचरण राजमार्गको मुख्य प्रवेशदार भएको हुनाले स्वास्थ्य हेल्प डेस्क एकदमै नाजुक अवस्थामा रहेकाले यसलाइ थप प्रभावकारी बनाउन नसक्नु।
२.नेपाल सरकारले दुर्गम पहाडी जिल्लाहरुमा PCR विधि मेसिन स्वाव Test परिक्षण गर्ने व्यवस्थापन वा उपलब्ध गराइ स्वास्थ्य परिक्षणको दायरा बढाउन नसक्नु।
३.आफ्नो नागरिकहरुको उद्दार गर्ने अभियान अनिवार्य भएकाले होम क्वारेन्टाइनको गतिलो व्यवस्थापन नहुनु।
४.pcr testको समस्या भएकाले स्वाव संकलन गरि रिपोर्ट आउन हप्तौ वा महिनौ पर्खिनुपर्ने।
५.छिमेकि जिल्लाहरुको मुख्य नाकाहरुमा आवतजावत रोक्न नसक्नु ।
६.स्वास्थ्य इकाइहरुमा दक्ष ,अनुभवी र विज्ञ डाक्टरहरुलाइ परिचालन गर्न नसक्नु ।
७.स्वास्थ्य क्षेत्रहरुमा आवद्द महिला स्वयमसेविकाहरुलाइ प्रशिक्षणको कमि भएकाले फिल्डमा कमै खटाइएको।
८.कोरिना भाइरसको सम्बन्धमा बिबिध सुचना सम्बन्धी अभियान चलाउन नसक्नु।
९.तिनै तहका जनप्रतिनिधिहरुबिच आपसी समन्वय,सहकार्य र साझेदारिको समस्या हुनु।
१०.स्वास्थ्य क्षेत्रहरुमा स्वास्थ्य सामग्री बढी भन्दा बढी उपलब्ध गराउन नसक्नु ।
११.कोरोना प्रभावित क्षेत्रका सबै जनसमुदायहरुमा राहत प्याकेज उपलब्ध गराउन नसकी जिविकापार्जन गर्न जनसमुदाय लकडाउनको उल्लंघन गर्नु।
१२. आफ्ना नागरिकहरुको उद्दार गरेर तुरुन्तै स्वाव परिक्षण गर्ने मेसिनको अभावको समाधान गर्न नसक्नु आदि
माथि केही बुंदागत समस्याहरुको समाधान बेलैमा तिनै तहका सरोकारवालाहरुको ध्यानाकर्षण भएन भने र कडा भन्दा कडा आफ्नो अधिकारको क्षेत्रभित्र रहेर पहलकदामी अगाडि बढाउन नसके ओखलढुंगामा पनि कोरोनाको सक्रमित देखा परेसंगै उच्च जोखिममा पर्नेछ।
संघिय सरकारले संबंधित मन्त्रालयमा हुन्छ या सदनमा हुन्छ ओखलढुंगा जिल्लाको लागि छिटोभन्दा छिटो स्वाव परिक्षण गर्ने मेशीन वा किटको व्यवस्था गरि स्थानिय तहका सबै क्षेत्रहरुमा पठाउन आग्रह छ । अनि प्रदेश सरकारको नेतृत्व गर्ने प्रतिनिधिहरुले कोरोना नियन्त्रण कोषमा रकम उपलब्ध गराउन जरुरी देखिन्छ ।स्थानिय सरकार नाजुक छन सवैले थाहा भएकै कुरा हो । स्थानिय सरकार एक हिसाबले आक्रोसित छन संघले वा नेपाल सरकारले स्वाव परिक्षण गर्ने मेसिन उपलब्ध गराइदिओस हामी स्थानीय सरकार चाहे आफ्नै बजेटले भ्याएसम्म होस वा जसरी भएपनी किन्न तयार छौ तर जनताहरुको सेवाबाट पछि हट्नौ भनिरहेका छन त्यसैले अब यो पार्टी त्यो पार्टीवाट निर्बाचित होइन समयसंगै महामारिको लागि जुट्न आवश्यक देखें र संघ ,प्रदेश र स्थानिय सरकारको समन्वयमा प्रभावित क्षेत्रको बिपन्न ,असह्य असक्तता,एकल महिलाहरुलाइ राहतको प्याकेजमा थप सुधार गर्दै लैजाने जरुरी पनि छ। तिनै तहका जनप्रतिनिधिहरुबिच तिनै तहको सरकारमा हुनुपर्ने अन्तरसम्बन्ध कायम गरेर अगाडि बढ्न सक्नुपर्छ ओखलढुंगा जिल्ला कोरोनाबिहिन जिल्ला भनेर सदैव कायम राखौं सदैव सतर्कता अपनाओं।
धन्यवाद
अनिल हाङ्ग
ओखलढुंगा