शान्तिराज राई
हुन त हाम्रो प्रवित्तिनै त्यस्तो भैसकेको छ । हामी धेरै कुराको उत्थान गर्छौ तर बैठान नगरि फेरि अर्को कुराको बहस छेड्छौ ।”
एक छिन ठन्डा दिमागले सोच्नु होस त हामी कति भ्रम र हल्लाको पछि कुदिरहेका रहेछौ ? हाम्रो प्रवित्ती नै एस्तो भै सक्यो कि तपाईंको कान कागले लग्यो भनेपछि “कागले कान लगोस नलगोस हामी कान नछामी कागको पछि दगुरेर कुदिरहेका हुन्छौ” ।”
अन्तिममा हामी थाकेर लखतरान भै सकेर कागलाई नभेटेपछि थुक्क मेरो कान भन्दै छाम्दा खेरी आफ्नो कान आफू सङ्गै पाए पछि हामी खुसिले एक हात उफृन्छौ ।’ हामी अघि सम्मको दुख, खुट्टामा काडा बिजेको, त्यो मान्छेले तपाईंको कान लग्यो भनेर ढाटेको सब बिर्सन्छौ र हामी कागलाई धन्यवाद दिन्छौ । धन्न तैले मेरो कान लगिनस मेरो दुइटै कान मसङ्ग छ ।”
तैले मेरो कान लगेको भए दुइवटा कुरा हुन्थ्यो कि म मर्थे कि बाच्थे । मरेको भए ठिकै हुन्थ्यो बाचेको भए दुई वटा कुरा हुन्थ्यो कि कान छोप्ने काने टोपी लाउनु पर्थ्यो कि देखाउनु पर्थ्यो।’ टोपी लगाउदा नि दुइ वटा कुरा हुने भो जाडो सिजनमा न्यानो हुन्छ गर्मि सिजनमा तातो ।’ तातो भएसी फुकाल्नै पर्यो फुकालेसी सबैले देख्थे मलाई घृणा गर्थे छि भन्थे ।’ म लाजले मर्थे यहाँनेर कुरा मर्नेमै टुङ्गियो ।’
धन्यवाद भगवान आज मेरो कान काग देखि बचाउनु भो धन्य काग देवता मेरो कान लग्नु भएन तपाईलाई काग तिहारमा टन्न खानेकुरा दिएर पुजा गर्छु ।”
हामी एकचोटि हैन हजारौं चोटि भगवान र कागलाई धन्यवाद दिन्छौ ।’ अघि कागको पछि दगुर्दा दगुर्दै आफ्नो कान पाएसी हामिलाई तेरो कान लग्यो भनेर ढाट्ने मान्छे बिर्सी सक्यौ र उसलाई केही कारवाही गर्दैनौ ।’ उ निर्बाध पालै पालो मान्छेहरुलाई कुदाई रहेको छ । उ दङ्ग छ उस्ले एकबाट सुरु गरेको कुदाउन हजारौं मान्छे कुदाई सक्यो कुदाई रहनेछ ।”
यस्तै हो हिजो आजको समाजिक सञ्जालका ट्रेण्डिङ गफहरु एकपछी अर्को काण्डहरु आई रहे हामीले समाजिक सञ्जालबाट पक्ष विपक्षमा बहस गरि रह्यौ ।”
जस्तै
सुनकाण्डलाई वाइडबडीले ओझेलमा पार्यो
वाइडबडिलाई निर्मला बलात्कार प्रकरणले ओझेल पार्यो
निर्मला बलात्कारको मुद्दालाई सभामुख काण्डले ओझेल पर्यो ।’
फेरि सभामुख प्रकरण समाप्त पार्न MCC प्रकरण आयो
MCC प्रकरणलाई ओझेलमा पार्दै लिपुलेक विवाद आयो ।’
अन्ततः अहिले लिपुलेक प्रकरणलाई ओझेलमा पार्ने गरि नवराज बिकको हत्या प्रकरणसम्म आइपुगेको छ ।”
यो माथिको हरफहरु मात्रै उढाहरण मात्रै हो ।
यसैगरी हामी नेपालीहरु कहिलेसम्म एउटा कुराको पार नलाग्दै अर्को कुरामा हात हाल्ने ?
यो ढंगले हामी सबैतिर हात हाल्ने तर कुनैपनि कुरा टुंगोमा पुर्याउन नसक्नु अत्यन्तै चिन्ताजनक कुरा हो ।
कहिलेसम्म हामी पक्ष र विपक्षमा बहस गरिरहने कहिले रियालिटी शो हरुको पक्ष विपक्षमा लागेको छ । कहिले अनावश्यक प्रकरणहरुमा बहस गरेका छौ ।”
अबको बाटो के त ?
अब हामी समाजिक सञ्जालमा सक्रिय हुने नहुने सबैले एकचोटि आत्मसमिक्षा गर्ने समय आएको छ ।’ छातिमा हात राखेर सोचौ ।’ अब के हामी अरुले सिर्जना गरेको एक देखि अर्को प्रकरणमा ल्याङ ल्याङ मात्रै गर्ने तर कुनै कुनै उपलब्धि प्राप्त नहुने यसरी हामी कसरी रुमल्लिने ?
हामिले अवाज उठाएका प्रकरणहरु कुन कुन बैठान गर्न सक्यौ ?
जुन कुराको उत्थान गर्ने मात्रै तर बैठान गर्न नसक्ने भए अवाज उठाएको कुनै अर्थ राख्छ र ?
त्यसैले हामीले अवाज उठाउदै गर्दा यसले समाजलाई पार्ने प्रत्यक्ष असर र फाइदाको गहन अध्यन गरौ ।’
जस्तै MCC भनेको के हो ?
वाइडबडी प्रकरण के हो ?
सुनप्रकरणको जड के हो ?
सभामुख प्रकरण के हो ?
आदि..
जुन कुरा हामिले बोल्दै गर्दा त्यसको सामान्य ज्ञान पनि नरहनु भनेको !
“कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने तरिकाको अन्त्य गरौ” ।
हैन भने उपलब्धि “कागलाई बेल पाक्यो न हर्ष न विस्मात हुनेछ ।”