२०८१ फाल्गुन १५, बिहिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं । समाजबादी पार्टी र  राष्ट्रिय जनता पार्टी  नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल बिच तिन अध्यक्ष राख्नेमा सहमति जुटेको छ ।

नेतृत्व र वरियतामा  महन्थ ठाकुर पहिलो,  डा बाबुराम भट्टराई दोस्रो दर्जाको अध्यक्ष  र उपेन्द्र यादव तेस्रोमा हुने छलफलबाट नेतृत्व र वरियताका विषयमा टुंगो लगाइएको हो ।

सहमति संगै  महन्थ ठाकुर अध्यक्षसहितको पहिलो वरियतामा रहने छ भने उनकै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गराइने छ । यस्तै डाक्टर बाबुराम भट्टराईलाई दोस्रो वरियता र  संघीय परिषद् अध्यक्ष दिने सहमति भएको छ । तेस्रो  वरियता भने  उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन् ।

यस्तै अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता हुँदा उनीहरुको वरियता क्रमशः चौथो र पाँचौ हुने सहमति बनेको  बताएको छ ।  पार्टी केन्द्रीय समिति ५१ सदस्सीय रहनेछ ।

सहमति बनेसँगै अब निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गराइनेछ । यसअघि नेतृत्वको विषयमा विवाद रहँदा पार्टी दर्तामा ढिलाइ हुँदै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु