२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

कोरोना भाइरसको कारण अलपत्रमा  परेका २६ जना नेपालीहरु  लिएर  म्यानमारको विमान काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । म्यानमारस्थित सेनाको एयरफोर्स विमानले २६ जना नेपाली यात्रुलाई लिएर बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

आज नै युएईबाट एयर अरेबियाको विमानले १६८ समस्यामा परेकामध्ये  नेपाली लिएर काठमाडौंमा अवतरण हुदै छ |

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरेसगै यूएईका नेपालीहरु  स्वदेश फिर्तीको आशासहित विमानस्थल पुगिसकेका छन ।

नेपाली समय अनुसार शुक्रबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण हुने गरी सारजहाबाट विमान उड्ने बताइए पनि प्राविधिक समस्याका कारण समयमा उडान हुन सकेन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकारीका अनुसार विमान भाडा सम्बन्धी विषयमा समस्या भएपछि उडान अनिश्चित बनेको थियो ।

बोर्डिङ पासमा उनीहरुको उडान युएईको समयअनुसार १०ः४५ मा हुने भनिएको छ । यसअघि यूएई सरकारले आफ्नै खर्चमा एयर अरेवियामार्फत १ सय ६८ सिट क्षमताको विमान नेपाल पठाउने जनाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु