लक्ष्मण गौतम
सरकारले यस्तो बेला जनताका ब्यवसाय जोगाउन, रोजगार जोगाउन, रोजगार श्रीजना गर्न, उत्पादन बढाउन ,जनताको पेट भर्न केही न केही त पक्कै गर्ला जस्तो लागेको थियो तर त्यस्तो केही देखिएन । ब्यवसायी ,जनता, रोजगार जाय भाडमे यहाँ त यस्तो बेला पनि महँगा महँगा गाडी किन्नु छ ,आफैलाई सुबिधा थप्नु छ ,जिमखाना बनाउन छ ,गलैचा फेर्न छ ,गाई धपाउने र झार उखल्ने नाउमा कार्यकर्ता पोस्न छ ,साँसदका गोजी गोजीमा ६-६ करोड हाल्न छ ,स्वयंम सेवक परिचालनका नाउमा कार्यकर्तालाई पैसा बाढ्न छ । यस्तो काम गराईले देश र जनताको अवस्था के होला –
१- भारतबाट फर्केका १० लाख अनि खाडी मलेसियाबाट फर्कने १० लाख र नेपालमै रोजगार गुमाएका ३०-४० लाख सबै सडकमा उत्रिन्छन ।
२- केही पहुचवाला कार्यकर्ता बाहेक नेपालमा पर्यटन क्षेत्रमा लगानी गरेका सबैको ,होटल रेन्टुरेन्टमा लगानी गरेका ५०% को ,उधोगमा लगानी गरेका ५०% को र अन्य क्षेत्रमा लगानी गरेका ३०-४०% को लगानी डुब्छ र यि सबै आउने सडक मै हो ।
३- अभावका कारण समाजमा अपराध बढेर जान्छ ।
४- जनतामा यो ब्यवस्था र राजनिती प्रती बितृष्णा बढेर जान्छ र गणतन्त्र नै धरापमा पर्छ ।
तसर्थ सरकारले अब आउने भयाभय अवस्थाको परिकल्पना गरेर सरकारको फोकस मात्र राहत , रोजगार र उत्पादनमा लगाउनु पर्छ ।
सरकार ,
– झार अर्को साल उखलौला ।
– गाई अर्को साल धपाउला ।
– साँसदले गोजी गोजीमा ६-६ करोड अर्को साल हालौला ।
– बाटो ,पुल,बिधालय अर्को साल बनाउला ।
– चुच्चो रेल, मनो रेल, ट्रली बस, बिधुतिय बस अर्को साल चढौला ।
– पानी जहाज अर्को साल किनौला ।
– गलैचा अर्को साल फेरौला ।
– जिमखाना अर्को साल बनाउला ।
– महँगा महँगा गाडी अर्को साल किनौला
– ओम्नी ग्रुपलाई ठेक्का अर्को साल दिउला ।
– यती ग्रुपलाई जग्गा अर्को साल दिउला ।
– ७० करोड कमिसन अर्को साल मागौला ।
( लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन )