२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

ममता राई “यात्री

स्थिर बस्न बाध्य शरीर
लम्पसार बिछ्यौनामा परिरहेछ
मन भने बरालीदै जंघारहरु तरीरहेको छ
निस्सासिएर उकुसमुकुस पार्ने
मौसम सित भिडन्त गर्दै
जिन्दगी हुनुको प्रमाण दिन खोजीरहेछ ।’

बेमौसमी झरी झै
रुखी जंझीरहरु तेर्सिएर
तैनाथ बन्न खोजिदिन्छन
बढ्ने कदमहरु छेक्न
तर पनी
मन्द अनी सुमधुर कण्ठ
ह्रदयको तरंग भित्र आस्थाको दिप
जलन गर्दै सुसेलिरहेछ ।’

ढलीरहेछन सपनाका कैयौ मन्दीरहरु
र हरक्षण भरीरहेछ ,
मनको डाईरी भित्रका पानाहरु ।’

कल्पिदै अपुरो जिन्दगीका डोबहरु
प्रशबपिडा भित्र बाट उक्लीन
दाउ मारीरहेछ मन ।
निस्सासीएर उकुसमुकुस पार्ने
मौसम सित भिडन्त गर्दै

जिन्दगी हुनुको प्रमाण दिन खोजीरहेछ ।

फेसबुक प्रतिक्रियाहरु