२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: नेपालमा कोरोना भाइरस  संकमणका कारण  मृत्यु हुनेको संख्या १० पुगेको छ ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १० पुगेको हो ।

पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा रहेको उहाको  तीन दिनअघि मृत्यु भएको थियो । यस अघि पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका थिए । स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो ।  भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको  रिपोर्ट पोजेटिभ आएपछी उहाको मृत्यु कोरोनाको कारण रहेको खुलेको हो ।

डा. गिरीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु