२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले  जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको थियो  । कर नतिरे  जरिवाना लाग्ने सरकारले बताएको थियो  । यसको व्यवसायीहरूले विरोध गरेका छन् ।

कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु