२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं : संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सा संशोधन गर्न सरकारले ल्याएको प्रस्ताब सोमबारको संघीय संसदको बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गर्नु भएको छ |

उहाले नेपालको नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधनको विध्ययेक पेश गरेकी हुन् ।

सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा जारी गरेपछि सोही अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि संविधान संशोधन विध्ययेक ल्याइएको हो ।

यसअघि बुधबार संसदको कार्यसूचीबाट संविधन संशोधन प्रस्ताव राखेर पनि हटाइएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीमा आन्तरिक छलफलका लागि समय मागेकाले बुधबारको बैठकअघि सार्वजनिक भएको संविधान संशोधनको प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु