काठमाडौं : नेपाल सरकारले भर्खरै जारि गरेको राजनैतिक र प्रशासनिक नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ।
नयाँ नक्सा छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई समेत पठाउने भएको छ ।
परराष्ट्र मन्त्रालयको अनुसार पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ । राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि त्यहाँ नक्सा बुझाउने तयारी गरिएको परराष्ट्र उच्चस्रोतले बताएको छ।
यसअघि नेपालले औपचारिक रूपमा नक्सा बुझाएको थिएन। सदस्य बन्ने समयमा राष्ट्रसंघले नक्सा माग गरेको तर नक्सा अनुसारको नेपालको सिमानाको सम्पूर्ण विवरण बुझाएको हुनाले त्यसयता यसको आवश्यकता परेको थिएन।