२०८१ मंसिर २०, बिहिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौ: नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समामवेश गर्दै नयाँ राजनीतिक तथा प्रसासनिक नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।

बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो कुरा बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकारले जारी गरेको परिमार्जित नक्सामा भारतीय भूमिको हिस्सा समावेश गरिएको छ । यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन । यो सीमा समस्यालाई कुटनीतिक छलफलको माध्यमबाट समाधान गरिने दुई पक्षीय समझदारी विपरित रहेको छ । यो भौगोलिक दाबीको कृत्रिम विस्तारलाई भारतले स्वीकार गर्दैन ।’

उनले थप भने, ‘नेपाल यो विषयमा भारतको अडानबारे जानकार रहेको छ र यस्तो अनुचित दाबी नगर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ ।’ उनले नेपाल सरकारलाई भारतको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्न पनि आग्रह गरेका छन् ।

उनले नेपालको नेतृत्वले सीमाबारे विवाद सुल्झाउन कुटनीतिक छलफलका लागि सकारात्मक वातावरण तयार गर्ने आशा पनि व्यक्त गरेका छन।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।