२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । नेपालमा थप  ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकामा मात्र ५  जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

अपडेट लाएभ

आजको नेपालको कोरोना अपडेटNovel Coronavirus (COVID-19) Media Briefing 2077.02.06#COVID-19

Posted by Republic Dainik – रिपब्लिक दैनिक on Tuesday, May 19, 2020

त्यस्तै धनकुटामा ५ जना रहेका छन् । केही दिनअघि संक्रमण पुष्टि भएकी जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरुमा परीक्षण गर्दा ५ जनामा पुष्टि भएको हो ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।