नेपालगञ्ज । बाँकेमा थप ४७ मोरंङमा १ भैरहवामा १ र धुलिखेल हस्पिटलमा ४ गरी ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।
यस्तै मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र दाङका एकएक पुरुषमा संक्रमण देखिएको छ । उनीहरुको स्थायी र हालको ठेगानामा कट्याक ट्रेसिङको काम सुरु भइसकेकेा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।